कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्ममा तीन हजार ५३८ जनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
संक्रमितहरूमध्ये ८५० जना महिला र दुई हजार ६८८ जना पुरूष छन्।
संक्रमितहरूमा कैलालीमा ९४६, कञ्चनपुरमा ४२७, डडेलधुरामा २६७, डोटीमा ५१४, अछाममा ५५४, बाजुरामा ३९०, बैतडीमा २८३, बझाङमा १३९ र दार्चुलामा १७ जना फेला परेको प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।
यस प्रदेशबाट अहिलेसम्म ६६२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पतालमा ९६ जना संक्रमितहरू हाल आइसोलेसनमा उपचाररत छन्।
कोभिड-१९ पुष्टि भएका आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र बझाङका एक जना रहेका छन्।
पाँच जनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा संक्रमण देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्ममा तीन हजार ५३८ जनामा कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।

">