भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं। मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार बैठकले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।

शिक्षामन्त्री पोखरेलको नेतृत्वमा उपकुलपति चयन गर्नका लागि सिफारिश समिति गठन गरिएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा करीब डेढ घण्टा मन्त्रिपरिषद् बैठक बसेको थियो।

बैठकमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको आसन्न नेपाल भ्रमणको तयारीबारे पनि छलफल भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्