काठमाडाैं। सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उनका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गरेकाे भिक्षु निग्रोधले जानकारी दिए।

अग्नि संस्कारअघि उनको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो। शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो।

उनको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो।

मिर्गौला रोगबाट पीडित उनी नियमित डायलासिस गराउँदै आएका थिए।

भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जली दिन तीन दिनसम्म उनको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेखेका छन्। रासस

" /> काठमाडाैं। सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उनका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गरेकाे भिक्षु निग्रोधले जानकारी दिए।

अग्नि संस्कारअघि उनको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो। शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो।

उनको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो।

मिर्गौला रोगबाट पीडित उनी नियमित डायलासिस गराउँदै आएका थिए।

भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जली दिन तीन दिनसम्म उनको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेखेका छन्। रासस

"> राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि: Dekhapadhi
राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि
काठमाडाैं। सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक संघ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले दागबत्ती दिएपछि उनका आफन्तजन श्रीदेवी गुभाजु, प्रदीप बज्राचार्य र रम्भा शाक्यले अग्नी संस्कार गरेकाे भिक्षु निग्रोधले जानकारी दिए।

अग्नि संस्कारअघि उनको पार्थिव शरीरमा पूर्वमन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले भिक्षु ज्ञानपूर्णिकलाई सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।

यसअघि तीनकुनेस्थित विश्वशान्ति विहारबाट भिक्षु ज्ञानपूर्णिकको शव यात्रा निकालिएको थियो। शङ्खमूल घाटमा बौद्ध पाठ गरिएको थियो।

उनको ८१ वर्षको उमेरमा शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको थियो।

मिर्गौला रोगबाट पीडित उनी नियमित डायलासिस गराउँदै आएका थिए।

भिक्षु ज्ञानपूर्णिकलाई श्रद्धाञ्जली दिन तीन दिनसम्म उनको पार्थिव शरीर विश्वशान्ति विहारमा राखिएको थियो।

भिक्षु ज्ञानपूर्णिकले बुद्ध धर्मबारे ६० भन्दाबढी किताब लेखेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्