कञ्चनपुरमा भन्सार छलीका कपडासहित तीनजना पक्राउ <p>कञ्चनपुर।&nbsp;बलौरी नगरपालिका-८, पचुईबाट अबैधरुपमा भन्सार छली ल्याउँदै गरेको करिब चार लाख १६ हजार ९० रुपैयाँ बराबरको कपडासहित सोही नगरपालिका-६ बस्ने उमेश भन्ने ३२ वर्षीय उद्धव सिंह बिष्टलगायत तीनजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।</p> <p>प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई भारतबाट म १ ह १४१५ नम्बरको अटोमा भन्सार छलेर ल्याउँदै गरेको उक्त मूल्य बराबरको कपडासहित पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्