काठमाडौं। प्युठान र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
प्युठानको नौबहिनी गाउँपालिका-७, सुरदिपस्थित सडकमा रोकी राखेको लु २ त ५८२६ नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँकाे छात्रा बस्ने रेकम कुँवरको छोरा १५ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको छ।
ट्रयाक्टर धनीकै छोरा प्रकाशले ट्रयाक्टर क्लजप्लेट चलाउने क्रममा एक्कासि ट्रयाक्टर गुड्न गई करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
सर्लाहीको बरहथवा नगरपालिका-११, दियरस्थित सडकमा ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा बाटोको छेउमा बसिरहेका सोही ठाउँ बस्ने १४ वर्षीय जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको छ।
ठक्करबाट घाइते भएका अन्य तीनजनालाई उपचारको लागि एड्भान्स संजीवनी अस्पताल बरहथवा पठाइएकोमा दुईजनालाई उपचारको लागि न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ।
फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। प्युठान र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।प्युठानको नौबहिनी गाउँपालिका-७, सुरदिपस्थित सडकमा रोकी राखेको लु २ त ५८२६ नम्बरको ट्रयाक्टर शनिबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँकाे छात्रा बस्ने रेकम कुँवरको छोरा १५ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको छ।

">