बलात्कारको आरोपमा दुई जना पक्राउ
काठमाडौं। २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट आज (आइतबार) बिहान उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामा सोही नगरपालिका–४ बेशीगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन बिष्ट रहेका छन्।

मादक पदार्थको नशामा रहेका भनिएका ती दुवैले एक महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप छ। बलात्कार भएको सूचना पाए लगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त बौद्बले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्