तीनजना मृत अवस्थामा फेला

काठमाडाैं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

नेपाल प्रहरीका अनुसार प्युठान, झापा र बैतडीमा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

प्युठानको सरूमारानी गाउँपालिका-१, कालीवनस्थित राप्ती नदीको किनारमा रोल्पा सुनिल स्मृती गाउँपालिका-१, घोडागाउँ बस्ने २२ वर्षीया सरिता नेपाली शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।

झापाको बिर्तामोड नगरपालिका-३, बिर्ताबजार घर भई हाल अर्जुनधारा नगरपालिका-१, साधुटारस्थित डेरा गरी बस्दै मिस्त्री काम गर्ने ३० वर्षीय छत्र राजवंशी सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार बेलुका घर ढलानको काम सकेर कोठामा आई सुतेका उनी शनिबार दिउँसो उठाउन खोज्दा मृत अवस्थामा फेला परेका हुन्।

बैतडीको पुर्चौडी नगरपालिका- गिर्जा बगरमा जामडी खोलाले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शनिबार बिहान मृत फेला परेकी छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्