काठमाडौं। खेलकुदमा गुरुको महत्व विशेष हुने गर्छ। गुरु अर्थात् प्रशिक्षक। खेलाडीको भविष्य कस्तो बनाउने भन्ने कुरा स्वयम् खेलाडीकै भूमिकाले निर्धारण गर्छ। त्यसपछि उसलाई कुन स्तरको खेलाडी बनाउने भन्ने निर्णय कसैको हुन्छ भने त्यो प्रशिक्षक नै हो।
यही मान्यतामा टेकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले गुरु पूर्णिमाको दिन बिहानै आफ्नो पहिलो गुरुलाई सम्झिए। उनको पहिलो गुरू थिए, मीनकृष्ण महर्जन। उनै मीनकृष्णको फोटो सामाजिक सञ्जालमा राखेर दीपकले लेखेका छन्, “मेरो खेल जीवनको आदर्श व्यक्ति, पहिलो गुरू मीनकृष्ण महर्जनलगायत आदरणीय सम्पूर्ण गुरूहरूमा गुरू पूर्णिमाको धेरै शुभकामना।”
दीपकलाई गाउँमा मीनकृष्णले नै डोर्याएर कराते सिकाएका थिए। दीपकले राम्रो गर्ने देखेपछि मीनकृष्णले दशरथ रङ्गशालामा ल्याएर राजेश जोशीको जिम्मा लगाए। यो २०४९/५० सालको कुरा हो। २०५१ मा लगनखेल डोजो स्थापना भएपछि दीपक ललितपुर नै फर्किए। त्यसको दुई वर्षपछि उनी राष्ट्रिय टोलीमा परे। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।
दीपक अहिले आफैं गुरू बनेका छन्। आठौं र नवौं सागमा स्वर्ण पदक जितेका दीपक खेलाडीभन्दा गुरूको जिम्मेवारी धेरै गाह्रो भएको बताउँछन्।
“प्रशिक्षणको पाटो त भइहाल्यो। त्यसका साथै व्यवस्थापन आफैं, फिजियो आफैं, डाक्टरको काम पनि आफैं गर्नुपर्ने अवस्था छ। प्रदर्शन राम्रो हुँदा खेलाडी हिरो हुन्छ। बिग्रँदा दोष सबै प्रशिक्षकमा जान्छ।”
“हेर्दा प्रशिक्षकको काम निकै सजिलो जस्तो लाग्छ। तर यसलाई बहन गर्नु धेरै गाह्रो छ। खेलाडी हुँदा आफ्नो प्रदर्शनमा मात्र ध्यान दिँदा हुन्थ्यो, तर प्रशिक्षक भएपछि सबै खेलाडीको प्रदर्शनमा ध्यान दिनुपर्छ,” प्रशिक्षक दीपकले भने, “खेलाडीबाट गुरू भएपछि ओहो भन्ने भयो। तर सिक्ने, सिकाउने काम विशाल महासागर नै रैछ।”
दीपकले नेपालजस्तो देशमा प्रशिक्षकको भूमिका अझ बढी हुने बताए। उनले थपे, “प्रशिक्षणको पाटो त भइहाल्यो। त्यसका साथै व्यवस्थापन आफैं, फिजियो आफैं, डाक्टरको काम पनि आफैं गर्नुपर्ने अवस्था छ। प्रदर्शन राम्रो हुँदा खेलाडी हिरो हुन्छ। बिग्रँदा दोष सबै प्रशिक्षकमा जान्छ।”
नेपालमा अधिकांश सङ्घ विवादित छन्। विवादित सङ्घमा बसेर काम गर्नुको पीडा झनै बढी रहेको दीपक बताउँछन्। त्यसको सबैभन्दा भुक्तभोगी उनै हुन्।
इन्चोन एसियन गेम्समा मन्त्रिस्तरीय निर्णयले तोकेको खेलाडीलाई समावेश नगरी नेपाल ओलम्पिक कमिटीले अर्का दुई खेलाडीलाई खेलायो। जसका कारण प्रशिक्षक दीपकलाई तनाव भयो। दुई खेलाडी मात्र होइन अरू खेलाडीलाई पनि खेल्न नपाउने हो कि भन्ने त्रास बढ्यो।

“त्यस्तो हुँदैछ भन्ने थाहा पाउँदापाउँदै पनि म टुलुटुलु हेरेर बस्न बाध्य भएँ। खेल्न नपाएपछि खेलाडी कोरियामै भाग्ने मनस्थितिमा पुगेका थिए। उनीहरूलाई सम्झाउन धेरै गाह्रो भएको थियो। खेलाडीलाई उच्च मनोबलमा राख्नु आवश्यक थियो,” दीपकले २०१४ को इन्चोन एसियन गेम्सको क्षण सम्झिए, “सबै कुराको व्यवस्थापन आफैंले गुर्नपर्ने। खेलाडीलाई मनोवैज्ञानिक परामर्श पनि आफैंले दिनुपर्ने! धेरै गाह्रो भयो।”
तेक्वान्दोका दीपक विष्टको अनुभव पनि करातेका दीपक श्रेष्ठको भन्दा फरक छैन। लगातार चारवटा सागमा स्वर्ण पदक जितेका विष्टले एसियन गेममा दुई कांस्य पदक जितेका छन्। ११औं सागसम्म खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका विष्ट १२औं सागमा तेक्वान्दाको प्रशिक्षक बनिसकेका थिए। प्रशिक्षकका रूपमा उनको अनुभवन पनि दीपक श्रेष्ठको भन्दा फरक छैन।
१२औं सागको नतिजाले निराश भए पनि १३औं संस्करणको नतिजाबाट दीपक विष्ट सन्तुष्ट छन्। उनी स्रोतसाधन छैन भनेर प्रशिक्षक चुप लागेर बस्न नहुने बताउँछन्।
“खेल्दा मैले जित्न पाए पुग्यो भन्ने हुन्छ। तर प्रशिक्षकले हरेक खेलाडी जित्नु र हार्नुको जिम्मेवारी लिनुपर्छ। त्यसैले खेलाडी हार्यो भने प्रशिक्षकलाई दबाब हुन्छ। १२औं सागमा हाम्रा नौजना खेलाडी फाइनल पुगेर हारे,” दीपक विष्टले भने, “मलाई यति धेरै दबाब भयो कि प्रेसरको औषधि नै खानुपर्यो।”

“यो वातावरणभन्दा बाहिर गएर हामीले नतिजा ल्याउन सक्नुपर्छ। अबको प्रशिक्षकले एक्स्ट्रा पनि दिन सक्नुपर्छ। केही भएन भने विकल्प खोजेर जानुपर्छ,” दीपक विष्टले भने, “सरकारको मात्र मुख हेरेर हुँदैन। हामीले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा राम्रो नतिजा निकाल्न सक्छौं। खेलाडीले एसियन गेम्स तथा ओलम्पिकमा मेडल ल्याउन् भन्ने मेरो चाहना छ। र, म त्यहीअनुसार अघि बढिरहेको छु।”
" /> काठमाडौं। खेलकुदमा गुरुको महत्व विशेष हुने गर्छ। गुरु अर्थात् प्रशिक्षक। खेलाडीको भविष्य कस्तो बनाउने भन्ने कुरा स्वयम् खेलाडीकै भूमिकाले निर्धारण गर्छ। त्यसपछि उसलाई कुन स्तरको खेलाडी बनाउने भन्ने निर्णय कसैको हुन्छ भने त्यो प्रशिक्षक नै हो।यही मान्यतामा टेकेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले गुरु पूर्णिमाको दिन बिहानै आफ्नो पहिलो गुरुलाई सम्झिए। उनको पहिलो गुरू थिए, मीनकृष्ण महर्जन। उनै मीनकृष्णको फोटो सामाजिक सञ्जालमा राखेर दीपकले लेखेका छन्, “मेरो खेल जीवनको आदर्श व्यक्ति, पहिलो गुरू मीनकृष्ण महर्जनलगायत आदरणीय सम्पूर्ण गुरूहरूमा गुरू पूर्णिमाको धेरै शुभकामना।”

">