बनेपा। खानेपानीको चरम समस्या झेलिरहेका नारायणटार बासिन्दाले अब छिट्टै शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन्।
रोशी गाउँपालिका-१, २ र ३ का बासिन्दालाई राष्ट्रिय योजना आयोगको एक करोड र भूकम्प पुनः निर्माण कार्यक्रमको एकीकृत वस्ती निर्माण कार्यक्रमअन्तर्गतको एक करोड ५० लाख खानेपानी आयोजनाका लागि प्रयोग गर्ने निर्णय भएसँगै थालनी भएको आयोजनाले गति लिएको छ।
खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेकाले अब एकदुई हप्तामा मुख्य पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने उपभोक्ता समितिका पूर्ण तामाङले बताए। रासस
" /> बनेपा। खानेपानीको चरम समस्या झेलिरहेका नारायणटार बासिन्दाले अब छिट्टै शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन्।रोशी गाउँपालिका-१, २ र ३ का बासिन्दालाई राष्ट्रिय योजना आयोगको एक करोड र भूकम्प पुनः निर्माण कार्यक्रमको एकीकृत वस्ती निर्माण कार्यक्रमअन्तर्गतको एक करोड ५० लाख खानेपानी आयोजनाका लागि प्रयोग गर्ने निर्णय भएसँगै थालनी भएको आयोजनाले गति लिएको छ।
खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेकाले अब एकदुई हप्तामा मुख्य पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने उपभोक्ता समितिका पूर्ण तामाङले बताए। रासस
">