काठमाडौं। चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव यस वर्षमा २१ उजुरी दर्ता भएका हुन्। ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी छन्।
नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको बताइन्।
नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलाइसकिएको छ। उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर नगरपालिकाले छलफल चलाउँदै आएको छ।
नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ। ४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ। मुद्दा चाप अनुसार इजलास समय थप गर्दै लैजाने नगरपालिकाको योजना छ।रासस
" /> काठमाडौं। चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन्।आर्थिक वर्ष २०७५/७६ मा ४६ र आव यस वर्षमा २१ उजुरी दर्ता भएका हुन्। ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी छन्।

">