कालीकोट। नरहरिनाथ गाउँपालिका-७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ। माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा हिजो पहिरो जाँदा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको हो।
भैँसी गोठाला गएकी बटालाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए। “भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो”, उनले भने, “उहाँको घटनास्थलमै मृत्यु भयो। प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।”
हिजो नै आएको पहिरोले नरहरिनाथ गाउँपालिका-७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ। डीएसपी ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिरोबाट पुरिएको छ। भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ। रासस
" /> कालीकोट। नरहरिनाथ गाउँपालिका-७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ। माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा हिजो पहिरो जाँदा ३५ वर्षीया तुला बटालाको मृत्यु भएको हो।भैँसी गोठाला गएकी बटालाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए। “भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो”, उनले भने, “उहाँको घटनास्थलमै मृत्यु भयो। प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।”

">