काठमाडौं। कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा १९ असारमा बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा गर्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए।

१० कक्षाको जस्तै गरी आन्तरिक मूल्यांकनका आधारमा विद्यालयले नै नतिजा तयार पार्ने गरी नीतिगत निर्णय भएको भट्टराईले बताए। “शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा बसेको परिषद् बैठकले नीतिगत निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर अगाडि बढ्छौं” भट्टराईले भने।

कोरोना भाइरस महामारीका कारण यो वर्ष वार्षिक परीक्षा गर्न असम्भव भएकाले आन्तरिक मूल्यांकनलाई नै आधार मानिने उनको भनाइ छ। “विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिनेछ। त्यसका लागि बोर्डलाई कार्यविधि बनाउने जिम्मा दिइएको छ” निर्देशक भट्टराईले भने।

कक्षा १२ को परीक्षाका विषयमा तत्काल कुनै पनि निर्णय नभएको उनले बताए। सरकारले २०७६ को कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनमार्फत् नै गर्न लागेको छ। १२ कक्षाको भने अवस्था सहज भएपछि सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

परीक्षा बोर्डले ८ वैशाखबाट कक्षा १२ को र २१ वैशाखबाट कक्षा ११ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, महामारीका कारण परीक्षाका लागि वातावरण सहज नभएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।

" /> काठमाडौं। कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा १९ असारमा बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा गर्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए।

१० कक्षाको जस्तै गरी आन्तरिक मूल्यांकनका आधारमा विद्यालयले नै नतिजा तयार पार्ने गरी नीतिगत निर्णय भएको भट्टराईले बताए। “शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा बसेको परिषद् बैठकले नीतिगत निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर अगाडि बढ्छौं” भट्टराईले भने।

कोरोना भाइरस महामारीका कारण यो वर्ष वार्षिक परीक्षा गर्न असम्भव भएकाले आन्तरिक मूल्यांकनलाई नै आधार मानिने उनको भनाइ छ। “विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिनेछ। त्यसका लागि बोर्डलाई कार्यविधि बनाउने जिम्मा दिइएको छ” निर्देशक भट्टराईले भने।

कक्षा १२ को परीक्षाका विषयमा तत्काल कुनै पनि निर्णय नभएको उनले बताए। सरकारले २०७६ को कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनमार्फत् नै गर्न लागेको छ। १२ कक्षाको भने अवस्था सहज भएपछि सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

परीक्षा बोर्डले ८ वैशाखबाट कक्षा १२ को र २१ वैशाखबाट कक्षा ११ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, महामारीका कारण परीक्षाका लागि वातावरण सहज नभएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।

"> कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने: Dekhapadhi
कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने
काठमाडौं। कक्षा ११ को पनि वार्षिक परीक्षा नहुने भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनका आधारमा गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा १९ असारमा बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा गर्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले बताए।

१० कक्षाको जस्तै गरी आन्तरिक मूल्यांकनका आधारमा विद्यालयले नै नतिजा तयार पार्ने गरी नीतिगत निर्णय भएको भट्टराईले बताए। “शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा बसेको परिषद् बैठकले नीतिगत निर्णय गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर अगाडि बढ्छौं” भट्टराईले भने।

कोरोना भाइरस महामारीका कारण यो वर्ष वार्षिक परीक्षा गर्न असम्भव भएकाले आन्तरिक मूल्यांकनलाई नै आधार मानिने उनको भनाइ छ। “विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिनेछ। त्यसका लागि बोर्डलाई कार्यविधि बनाउने जिम्मा दिइएको छ” निर्देशक भट्टराईले भने।

कक्षा १२ को परीक्षाका विषयमा तत्काल कुनै पनि निर्णय नभएको उनले बताए। सरकारले २०७६ को कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनमार्फत् नै गर्न लागेको छ। १२ कक्षाको भने अवस्था सहज भएपछि सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

परीक्षा बोर्डले ८ वैशाखबाट कक्षा १२ को र २१ वैशाखबाट कक्षा ११ को परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, महामारीका कारण परीक्षाका लागि वातावरण सहज नभएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्