सर्लाही। नदी उत्खननका कारण सर्लाहीमा नदी नजिकका बस्ती नै जोखिममा परेका छन्। मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन्। लालबन्दी, ईश्वरपुर र बाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि ती नदीजन्य पदार्थ गाउँगाउँमा खुलेका क्रसरमा तथा सोझै भारत जाने गरेको स्थानीयवासीले बताएका छन्।
लालबन्दी नगरपालिका–६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा भण्डारणहरूमा सङ्कलन हुने तथा बाहिर निर्यात हुने गरेको पाइएको हो।
खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढङ्गले उत्खनन हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको लालबन्दी नगरपालिका–१७ का युवा लक्ष्यमण खड्काले बताए। लालबन्दी नगरपालिकाको कालीन्जोर, फुलजोर, लखन्देही खोलामा वातावरणीय प्रभाव मूल्याङ्कनविपरीत जथाभावी असारमा पनि खोला दोहन तथा उत्खनन हुँदासमेत सम्बन्धित निकायले वास्ता नगरेको उनी बताउँछन्।
जिल्लाका साना तथा ठूला नदीहरूमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी नगर्न नगराउन पत्राचार गरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए। केही स्थानीय निकायका जनप्रतिनिधिहरूको मिलेमतोमा असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी भए गरेको पाइएमा आवश्यक कारवाही गर्ने उनको भनाइ छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजश्व सङ्कलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा ठेकेदारको मनोबल बढ्दै गएको हो। ठेकदारहरूले हालसम्म कति उत्खनन, भण्डारण र बेचबिखन गरे भन्ने विवरण लालबन्दी, ईश्वरपुर र बाग्मती नगरपालिकासँग पनि छैन। रासस
" /> सर्लाही। नदी उत्खननका कारण सर्लाहीमा नदी नजिकका बस्ती नै जोखिममा परेका छन्। मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिपरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयवासीले बताएका छन्। लालबन्दी, ईश्वरपुर र बाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ बन्दै गरेका राष्ट्रिय गौरवका योजनामा प्रयोग गर्ने भनिए पनि ती नदीजन्य पदार्थ गाउँगाउँमा खुलेका क्रसरमा तथा सोझै भारत जाने गरेको स्थानीयवासीले बताएका छन्।लालबन्दी नगरपालिका–६, १५, १६ र १७ को सिमाना पर्ने कालिन्जोर खोलाबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा भण्डारणहरूमा सङ्कलन हुने तथा बाहिर निर्यात हुने गरेको पाइएको हो।

">