एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

काठमाडौं। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ।

आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ। उक्त रकम अहिलेको विनिमय दरको हिसाबले पाँच करोड १० लाखभन्दा बढी हो।

सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड-१९ महामारीबाट प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ।

श्रम गन्तव्य मुलुक मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्घले जनाएको छ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरू बढी प्रभावित छन्। कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ। बेरोजगार भएर बसेका नेपालीहरूलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ। त्यस कार्यका लागिसमेत आइएलओको सहयोग उपयोग गर्न सकिने सङ्घले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्