बाजुरा। अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले बताए।
लगातारको वर्षाले १९ असारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ। पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ। पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताए।
लगातार वर्षाले बाजुराका अन्य झोलुङ्गे पुल पनि जोखिममा रहेका छन्। बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा रहेका छन्। त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन्।
बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैसीले बताए। कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ। त्यो सँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन्। रासस
" /> बाजुरा। अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगङ्गा–२ का वडाध्यक्ष हिरालाल थापाले बताए।लगातारको वर्षाले १९ असारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ। पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा आउन जान निकै समस्या भएको छ। पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताए।

">