हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागुऔषध गाँजा बरामद गरेको छ। उक्त गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले बताए।
हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना. ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई गाँजा लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका-३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह-चालक बाराकै २४ वर्षीय मोहरवान अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।
" /> हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागुऔषध गाँजा बरामद गरेको छ। उक्त गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले बताए।

">