काठमाडौं। आउँदो तीन दिन प्रमुख र मझौला नदीहरू कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीमा, लगायतमा पानीको बहाव बढ्ने नेपाल बाढी सूचनाले जनाएको छ।
यी नदीहरूमा बहाव बढेपनि सतर्कता तहभन्दा तलै रहने बताइएको छ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण यी प्रदेश हुँदै बहने नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
आज कन्काई, तिनाउ, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्दो हुने र केहिमा बहाव सतर्कता तह आसपास सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
२५ असारदेखि देशैभरका नदीको बहाव बढ्ने र २६-२९ असारसम्म प्रदेश १ र २ को चुरे र तराईबाट बहने प्राय सबै नदीमा ठूलो बाढीको जोखिम रहने भएकोले पूर्वतयारी र प्रतिकार्यको लागि जुट्न सचेत गराइएको छ।
" /> काठमाडौं। आउँदो तीन दिन प्रमुख र मझौला नदीहरू कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीमा, लगायतमा पानीको बहाव बढ्ने नेपाल बाढी सूचनाले जनाएको छ।यी नदीहरूमा बहाव बढेपनि सतर्कता तहभन्दा तलै रहने बताइएको छ।

">