खोटाङ। हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ।
पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएसँगै बसेको पहिलो बैठकबाट त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको हो।
प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताए।
धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।
स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा विश्वभरका बौद्धमार्गीहरुले चार/पाँच महीनासम्म बसेर ध्यान गर्ने गरेका छन्।
विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किराँत धर्मको प्रतीक स्वरूप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्ययन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।
समितिको बैठकमा प्रतिनिधि सभा सदस्य विशाल भट्टराईलगायतको उपस्थिति थियो। लामो समय नेतृत्वविहीन रहेको विकास समितिले पूर्णता पाएपछि हलेसीको चौतर्फी विकास हुनेमा स्थानीय बासिन्दा आशावादी छन्।
कोभिड-१९ महामारीका काण हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ। रासस
" /> खोटाङ। हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ।पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिएसँगै बसेको पहिलो बैठकबाट त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको हो।

">