कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार गएराति सम्म काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा तीन हजार ४६९ जनाको कोभिड-१९ पोजिटिभ आएको छ।
संक्रमितहरूमा ७९० महिला र दुई हजार ६७९ जना पुरूष रहेका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९१६, कञ्चनपुरमा ४००, डडेलधुरामा २५९, डोटीमा ५१४, अछाममा ५५४, बाजुरामा ३९०, बैतडीमा २८०, बझाङमा १३९ र दार्चुलामा १७ जना संक्रमित फेला परेका छन्।
अहिलेसम्म यस प्रदेशमा ५८६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट आठजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीका चार, बाजुराका दुई, अछामका एक र बझाङका एक जना रहेका छन्।
मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने एक जनाले कोरोना पोजिटिभ भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार गएराति सम्म काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा तीन हजार ४६९ जनाको कोभिड-१९ पोजिटिभ आएको छ।

">