काठमाडौं। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षाका कारण यी प्रदेश हुँदै बहने नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र डुबान समेत हुनसक्ने भएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
भोलि र पर्सी पनि सात वटै प्रदेशमा मौसममा प्रतिकुल प्रभाव पर्ने र वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ।
हाल नेपालको मौसममा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापीय क्षेत्रले समेत यहाँको मौसममा प्रभाव पारेको छ।
" /> काठमाडौं। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।वर्षाका कारण यी प्रदेश हुँदै बहने नदी तथा खोलामा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र डुबान समेत हुनसक्ने भएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

">