तनहुँ। तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
असार २१ गते आइतबार मनाइने गुरु पूर्णिमाका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाको ३२औँ नगरसभाको निर्णयबमोजिम स्थानीय बिदा दिने निर्णय भएको र उक्त दिन नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।
गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ। रासस
" /> तनहुँ। तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) का अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।असार २१ गते आइतबार मनाइने गुरु पूर्णिमाका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

">