काठमाडाैं। उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन्।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताएका हुन्।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मंगलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए। उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएका थिए।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महसुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ। रासस-एएफपी

" /> काठमाडाैं। उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन्।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताएका हुन्।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मंगलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए। उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएका थिए।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महसुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ। रासस-एएफपी

"> उत्तर कोरियाले भन्याे- ‘अमेरिकासँग वार्ता गर्नुपर्ने आवश्यकता छैन’: Dekhapadhi
उत्तर कोरियाले भन्याे- ‘अमेरिकासँग वार्ता गर्नुपर्ने आवश्यकता छैन’
काठमाडाैं। उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन्।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताएका हुन्।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मंगलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए। उनले दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएका थिए।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महसुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ। रासस-एएफपी

प्रतिक्रिया दिनुहोस्