रूपन्देही। रुपन्देहीको सैनामैना नगरपालिका-१, स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा २८ वर्षपछि जलार्पण यात्रा स्थगन भएको छ।
धामको मन्दिर व्यवस्थापन समितिले आज पत्रकार भेटघाटमा श्रावणी जलार्पण यात्रा र मेलाका कार्यक्रम बन्दाबन्दीका कारण नहुने जानकारी दिएको छ।
धाममा २०४९ को साउनबाट बोलबम यात्राको शुभारम्भ भएको थियो।
नेपालका विभिन्न जिल्लामा रहेका कालीगण्डकी, नारायणी, कोशी, वाग्मतीलगायतका नदीबाट जल ल्याई जलार्पण गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समतिका अध्यक्ष रामवली चौधरीले जानकारी दिए।
भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्डलगायतका स्थानबाट भक्तजन बोलबम धाममा आउने बताइएको छ।
अध्यक्ष चौधरीले मन्दिरमा जलार्पण र दर्शन गर्ने व्यवस्था गर्न नसकेकामा दुःखी भएको उल्लेख गर्दै असुविधाप्रति क्षमा मागेका छन्।
साउनमा देशभरका शिवपीठ र विदेशका शिवपीठमा समेत जल चढाइने बताइएको छ।
मन्दिर व्यवस्थापन समितिले धाममा आउँदा अनिवार्य मास्क लगाउनुपर्ने, सामाजिक दूरी कायम राख्नुपर्ने र मन्दिरभित्र भीडभाड र भेटघाट गर्नसमेत निषेध गरेको छ। रासस
" /> रूपन्देही। रुपन्देहीको सैनामैना नगरपालिका-१, स्थित पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा २८ वर्षपछि जलार्पण यात्रा स्थगन भएको छ।धामको मन्दिर व्यवस्थापन समितिले आज पत्रकार भेटघाटमा श्रावणी जलार्पण यात्रा र मेलाका कार्यक्रम बन्दाबन्दीका कारण नहुने जानकारी दिएको छ।

">