पहिराेमा परेकाकाे उद्धारका लागि गएकाे नेपाली सेनाकाे गाडी दुर्घटना, तीनजना घाइते

कैलाली। बझाङमा पहिराे गएर धनजनकाे क्षति भएपछि उद्धारका लागि जाँदै गरेको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ।

केदारस्युँ गाउँपालिका-८, मेल्लेसी गाउँमा पहिरोमा परी ठूलो जनधनको क्षति भएपछि सोही ठाउँमा उद्धारका लागि हिँडेकाे नेपाली सेनाकाे से १ ज ४७७ नम्बरकाे जीप दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा नेपाली सेनाका तीनजना घाइते भएका छन्। साे गाडी सेनाले भाडामा लिएकाे थियाे।

गाडीमा नेपाली सेनाका उपसेनानी शिव श्रेष्ठसहित १५ जना सवार थिए।

कालगा हाईड्रोको सुरक्षार्थ बागथला खटेको टोली उद्धारका लागि आउँदै गर्दा केदारस्युँ गाउँपालिका-४, बाग्थलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्र देउलेकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

गयराति केदारस्युँ गाउँपालिका-८ को एक वस्ती पहिराले बगाएको छ। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसीका १७ घर बगाएको हो।

यस्तै उक्त पहिरोमा परी बेपत्ता भएका मध्ये चारजनाको शव भेटिएको छ।

तीनजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ५० वर्षीया राममती जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीया छोरी अस्मिता जेठाराको शव भेटिएको हो।

साथै सोही गाउँका अन्दाजी ८० वर्षीय दले जेठाराको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्