काठमाडौं। ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। काठमाडौं-निजगढ द्रुतमार्ग ‘जिरो प्वाइन्ट’का क्षेत्रमा रोपाइँ गर्न थालेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।
झडपमा तीन जना प्रहरी सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए। घाइते हुनेमा एकजना प्रहरी निरीक्षक र दुईजना सिपाही छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ।

अहिले स्थानीयले नारावाजी गरिरहेको भएपनि अवस्था नियन्त्रणमै रहेको डीएसपी तामाङले बताए। विकासका नाममा आफ्नो थातथलो कब्जा गर्न खोजेको भन्दै खोकनावासी विरोधमा उत्रिएका छन्। यसअघि खोकनावासीले १५ असारमा पनि त्यहाँ रोपाइँ गरेका थिए।
" /> काठमाडौं। ललितपुरको खोकनामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। काठमाडौं-निजगढ द्रुतमार्ग ‘जिरो प्वाइन्ट’का क्षेत्रमा रोपाइँ गर्न थालेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।झडपमा तीन जना प्रहरी सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए। घाइते हुनेमा एकजना प्रहरी निरीक्षक र दुईजना सिपाही छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ।

">