कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१ भाँसीस्थित् महाकाली सिँचाइको मूल नहरमा हिजो हाम्फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ।
हाम्फालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले हिजै जीवितै उद्धार गरेका थिए। रासस
" /> कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१ भाँसीस्थित् महाकाली सिँचाइको मूल नहरमा हिजो हाम्फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ।हाम्फालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले हिजै जीवितै उद्धार गरेका थिए। रासस
">