जंगलमा दुई युवतीको शव भेटियाे <p><strong>कैलाली। </strong>धनगढी उपमहानगरपालिका-७ बेली जंगलमा दुई युवतीको शव भेटिएको छ।</p> <p>साेही वडाका १९ वर्षीय गोमा विक र २३ वर्षीय करिश्मा राउतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक विष्टले पुष्टि गरे।</p> <p>शव भेटिएको स्थानमा सल्फास नामक विषादीको खोल भेटिएको उनले बताए। घटनाको अनुसन्धान भइरहेको जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्