झापा। एक साताअघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो।
मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उनले बताए। शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको डीएसपी थापाले बताए।
घटनास्थल नजिकैबाट प्रहरीले पेप्सीको बोतलमा मदिरा, आधा प्याकेट चाउचाउ र छाता भेटेको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजीकार्य जारी राखेको छ। घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाइ छ। रासस
" /> झापा। एक साताअघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो।मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उनले बताए। शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको डीएसपी थापाले बताए।

">