हेलिकप्टरमार्फत उद्धार सुत्केरीको शल्यक्रिया सफल
मेलम्ची। सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ।
काठमाडौंको ह्याम्स अस्पतालमा शुक्रबार साँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो।

खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिसंखुपाखर गाउँपालिका-७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो।

उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन्। शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा. रोशन थापा श्रेष्ठले बताए। रासस

प्रतिक्रिया दिनुहोस्