उनका अनुसार भैँसी र गाई ब्याउने थिए। प्रहरी मुचुल्कापछि दुई लाख ४० हजार ५०० रुपैयाँको क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ। गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन। “वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौं,” वडाध्यक्ष श्रीसले भने।
सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ।
मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन्। पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ।
रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ। रासस
" /> बागलुङ। गएराति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन्। गलकोट नगरपालिका-११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए।उनका अनुसार भैँसी र गाई ब्याउने थिए। प्रहरी मुचुल्कापछि दुई लाख ४० हजार ५०० रुपैयाँको क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ। गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन। “वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौं,” वडाध्यक्ष श्रीसले भने।

">