कैलाली। रातभरि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङमा केही मानिस वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका-८ को मल्लेस बस्तीमा पहिरो जाँदा उनीहरू वेपत्ता भएका हुन्। मानिस वेपत्ता भएको भनिएपनि कति वेपत्ता भए भन्ने यकीन नभएको प्रहीले जनाएको छ। तर, स्थानीय लोकेन्द्र बिकले भने सात जना वेपत्ता भएको बताएका छन्।
वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराति वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए। उनले स्थानीयले नै बताएअनुसार केही मानिस समेत हताहत भएको जानकारी दिए।

डीएसपी गणेश बमले घटनास्थलका लागि प्रहरी टोली परिचालन गरिएको बताउँदै खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताए। घटनास्थल सदरमुकाम चैनपुरदेखि डेढ घन्टाको मोटरबाटो र त्यहाँबाट पैदल करीब पाँच घन्टाजति लाग्ने डीसपी बमले बताए।
" /> कैलाली। रातभरि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङमा केही मानिस वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका-८ को मल्लेस बस्तीमा पहिरो जाँदा उनीहरू वेपत्ता भएका हुन्। मानिस वेपत्ता भएको भनिएपनि कति वेपत्ता भए भन्ने यकीन नभएको प्रहीले जनाएको छ। तर, स्थानीय लोकेन्द्र बिकले भने सात जना वेपत्ता भएको बताएका छन्।वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराति वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले बताए। उनले स्थानीयले नै बताएअनुसार केही मानिस समेत हताहत भएको जानकारी दिए।

">