यद्यपि, स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ। बेलायतका यातायातमन्त्री र्ग्यान्ट शेप्सले विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी गराए।
शेप्सले भने, “प्रवेशका लागि खुला गरिएका ५० मुलुकहरूको विवरण शुक्रबार नै सरकारले उपलब्ध गराउनेछ।”
हरियो र पहेँलो रङमा परेका मुलुकबाट इङ्ल्याण्ड आउँदा सेल्फ-आइसोलेसनमा बस्नु नपर्ने भएको छ भने रातोमा पर्नेलाई पूरानै नियम अर्थात् १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्नेछ।
सरकारले कोरोना भाइरस महामारीबीच विभिन्न मुलुकबाट आउने पर्यटकलाई ट्राफिक लाइट प्रणालीअन्तर्गत रातो, पहेँलो र हरियो रङमा विभक्त गरी सोही अनुसार जोखिम न्यूनीकरणका उपाय अबलम्वन गर्ने बताएको छ।

इङ्ल्याण्डभन्दा कम प्रभावित मुलुकलाई हरियो र बढी प्रभावित तर पछिल्लो समय सङ्क्रमण नियन्त्रण उन्मुख रहेका मुलुकलाई पहेलोमा राखिने मन्त्री शेप्सले बताए।
पहेँलोमा पर्ने मुलुकहरूमा फ्रान्स, इटली, स्पेनलगायतलाई बिदामा इङ्ल्याण्ड आउन खुला गरिएको छ। त्यहाँबाट बेलायतमा गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका छन्।
तर संयुक्त राज्य अमेरिका र ग्रीसजस्ता देशबाट गर्मीको छुट्टी मनाउन बेलायतका विभिन्न गन्तव्यमा आउने गरेका भए पनि ती मुलुकबाट बेलायत आउँदा क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ। रासस/एएफपी
" /> लण्डन। कोरोना भाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुकहरू फ्रान्स, इटली र स्पेनसहितका ५० मुलुकसँगको अवागमनलाई थप सहज पार्दै त्यहाँबाट इङ्ल्याण्ड आउने पर्यटकका लागि यही जुलाई १० देखि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थाको अन्त्य गरेको बेलायत सरकारले शुक्रबार जानकारी गराएको छ। तर अमेरिकाका लागि भने यो व्यवस्थालाई निरन्तरता दिइएको छ।यद्यपि, स्कटल्याण्ड, वेल्स, नर्दन आयरल्याण्डले भने यस विषयमा आफ्नै किसिमले निर्णय गर्ने सरकारले जनाएको छ। बेलायतका यातायातमन्त्री र्ग्यान्ट शेप्सले विदेशबाट आउने व्यक्तिका लागि दुई हप्तासम्म क्वारेन्टिनमा बस्नुपर्ने जुनमा व्यवस्था गरिएको नीतिलाई परिवर्तन गर्दै ती मुलुकबाट जुलाई १० देखि इङ्ल्याण्ड प्रवेश खुला गरिन लागेको जानकारी गराए।

">