करेन्ट लागेर सप्तरीमा महिलाको मृत्यु <p>सप्तरी।&nbsp;सप्तरीको हनुमाननगर कङ्कालिनीमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा &nbsp;हनुमाननगर &nbsp;कङ्कालनी नगरपालिका-७, बनिया टोल बस्ने ४५ वर्षीया राजदेवी गुप्ता रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। &nbsp;</p> <p>आफ्नै घरको कल (ट्युबवेल)मा जडान गरिएको मोटरको तारबाट गुप्तालाई करेन्ट लागेको थियो।</p> <p>करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल &nbsp;ल्याउँदै गरेको अवस्थामा बाटो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्