बर्दियाको गेरुवामा सलह देखिएपछि किसान चिन्तित
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिकामा सलह देखिएपछि किसान चिन्तित भएका छन्।

भारतबाट नेपाल आएको सलह  किसानले लगाएका बालीनालीमा देखा परेको छ।

गेरुवा गाउँपालिका-१, बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताए।

खेतमा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्ने गरेको किसान रामबहादुर थारुको भनाइ छ।

भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा. तपेन्द्र शाहले बताए।

प्रतिक्रिया दिनुहोस्