सिरहा। सिरहाको लहान नगरपालिका-४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेकोे छ।
अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले वस्ती नजिकै कटान गर्न थालेपछि दुवै वस्तीमा जोखिम बढेको हो।
बाढीले इस्लामपुर नजिकको बाँधलाई आधा कटान गरेपछि दुई गाउँका स्थानीयवासी त्रसित बनेका छन्।
नदीमा आएको बाढीले आफ्नो बहाव परिवर्तन गरी गाउँ नजिकै बाँध कटान गर्न थालेकाले गाउँ डुबानमा पर्ने जोखिम बढेको स्थानीयवासीले बताएका छन्।
“वस्ती छेउमै करिब ७० मिटर बाँध कटान भइसकेको छ”, स्थानीय मो गफुरले भने, “जसका कारण पूरै वस्ती नै जोखिममा परेको छ, समयमै नियन्त्रण नभए ठूलै समस्या हुन सक्छ।”
तत्कालै बाँध कटान रोक्न पहल हुनुपर्ने उनको कथन छ।
यता स्थानीयवासीले सूचना दिएलगत्तै कटान स्थलको निरीक्षण गरी कटान रोकथामका लागि पहल गरिरहेको लहान-४ का वडाध्यक्ष रामनाथ पण्डितले जानकारी दिए।
यसबारे नगर प्रमुखसहित प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकेको वडाध्यक्ष पण्डितले बताए।
दुवै वस्तीमा करिब ६२ परिवारको बसोबास छ।
" /> सिरहा। सिरहाको लहान नगरपालिका-४ स्थित इस्लामपुर र सुन्दरपुर गाउँ डुबानको जोखिम परेकोे छ।अविरल वर्षासँगै बलान नदीमा आएको बाढीले वस्ती नजिकै कटान गर्न थालेपछि दुवै वस्तीमा जोखिम बढेको हो।

">