कर्णालीमा दुई विधेयक प्रमाणित
<p>सुर्खेत। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा सचिवालयबाट प्राप्त दुई विधेयक प्रमाणीकरण गरेका छन्। </p>
<p>प्रदेश प्रमुख कलौनीले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयकलाई आज प्रमाणीकरण गरेका हुन्।</p>
<p>नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
