क्वारेन्टिनमा बस्नेले गरे गाउँपालिकालाई आर्थिक सहयोग

स्याङ्जा। फेदीखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरूले बिदा भएर आ-आफ्नो घर जाने बेलामा आर्थिक सहयोग गरेका छन्।

क्वारेन्टिनमा बस्ने १८ जनाले गाउँपालिकाले क्वारेन्टिनमा राम्रो व्यवस्थापन गरेकामा प्रसन्न भई ३२ हजार २० रूपैयाँ सहयोग गरेर आज बिदा भएका छन्।

उनीहरूले जनही एक हजारदेखि पाँच हजार रूपैयाँसम्म सहयोग गरेको जनाइएको छ।

भारतबाट आएर सिद्धार्थ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका युवाले गाउँपालिकाले आफूहरुलाई क्वारेन्टिनमा बस्दा उपलब्ध गराएको सेवासुविधाले प्रभावित भएर कोरोना संक्रमणको रोकथाम र नियन्त्रमा सहयोग पुगोस् भनी क्वारेन्टिनमा बस्नेहरूबाट स्वेच्छिकरूपमा आर्थिक सहयोग गरेको बताएका छन्।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले क्वारेन्टिनमा बस्नेहरु गाउँपालिकाले दिएको सेवासुविधामा सन्तुष्ट भएर घर गएकामा आफूलाई खुशी लागेको बताए।

यसैबीच गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका आठजनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज उनीहरूघर फर्किएका छन्।

अब क्वारेन्टिनमा २१ जना बाँकी छन्। रासस

प्रतिक्रिया दिनुहोस्