कास्की। झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन्।
शेरचनले ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएका हुन्।
“बन्दाबन्दीले ज्यालामजदुरी गर्नेहरू निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी हुँ”, हस्तकलाका सर्जक शेरचनले भने, “कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो होइन तर एक जनाले सुरुआत गरेपछि अर्को सहयोगी मन पनि थपिने रहेछ।” रासस
" /> कास्की। झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन्।शेरचनले ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएका सात परिवारको अवस्था हेरेर दुई महिनाको घरभाडा रकम उपलब्ध गराएका हुन्।

">