स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन

चितवन। स्थिरताको माग गर्दै युवा विद्यार्थीले आज यहाँ प्रदर्शन गरेका छन्।

भरतपुरको चौबीसकोठीमा सरकार परिवर्तन गर्न नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थीले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने, सरकार परिवर्तन गर्न नहुने, अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

मास्क र पञ्जा लगाएका प्रदर्शनकारीले सडक किनारामा सामाजिक दूरीसमेत कायम गरेका थिए ।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन्।

भरतपुरको चौबीसकोठीदेखि चितवन मेडिकल केलजसम्म सडक किनारमा प्लेकार्ड र राष्ट्रिय झण्डासहित प्रर्दशन गरिएको थियो।

प्रदर्शनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता थियो। रासस

प्रतिक्रिया दिनुहोस्