टर्की। टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटाका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ।
साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय टेलिभिजनलगायत स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन्।
उनीहरूले घटनामा मानवीय क्षति भने नभएको तर ४१ जना घाइते भएको साकार्या राज्यका गभर्नर केटिन ओकताय काल्दिरिमले ट्वीटरमार्फत् जानकारी गराएका हुन्।
सरकारको दुर्घटना व्यवस्थापन निकायले विष्फोटलाई औद्योगिक दुर्घटना भएको बताएको छ। दुर्घटनाका समय कारखानामा करिब २०० जना रहेका तर मानवीय क्षति भने नभएको गभर्नर काल्दिरिमलाई उद्धृत गर्दै टर्कीको सरकारी समाचार संस्था, अनादोलु न्यूज एजेन्सीले समाचारमा उल्लेख गरेको छ। रासस-एएफपी
" /> टर्की। टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटाका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ।साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय टेलिभिजनलगायत स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन्।

">