काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सुर्खेतको छिन्छुमा नवनिर्मित ईलाका प्रहरी कार्यालय भवन, आवास भवन र भान्छाघरको आज उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमा बौल्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरुले अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने बताए।
लकडाउनको समयमा महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर भएर लागिरहेको समेत उनले जनाए।
समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुले आफ्नो जिम्मेवारी महसुस गरी आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका थिए। उद्घाटन गरिएका भवनहरु २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भएको ईलाका प्रहरी कार्यालय छिन्छुले जनाएको छ ।