काठमाडौं। १८ असारमै काठमाडौंका तीन जिल्लामा ३२ जना कोरोना संक्रमित देखिए।
काठमाडौं जिल्लाका १७ महिला र ११ पुरूष गरी २८ जना, भक्तपुर र ललितपुर जिल्लाका २/२ जना कोरोना संक्रमित देखिएका हुन्।
त्यसअघि १७ असारमा १० जनामा कोरोना संक्रमण देखिएको थियो।
त्यस्तै १६ असारमा १४ जना संक्रमति देखिए। जसमा काठमाडौंका १२ र भक्तपुर तथा ललितपुरका १/१ जनामा पोजिटिभ देखिएको हो।
१५ असारमा ८ जना संक्रमित देखिएका थिए।
यसरी हेर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन तीव्र गतिमा बढिरहेको छ।
भक्तपुर
भक्तपुरमा पछिल्लो समय २९ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये ९ जना स्थानीय छन्। उनीहरूको कुनै ट्राभल हिस्ट्री नै फेला नपरेको जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। बाँकी उपत्यका बाहिरबाट तथा विदेशबाट आएकाहरू छन्।
ललितपुर
ललितपुरमा अहिलेसम्म १८ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १२ जना अझै उपचाररत छन्।
तिनीहरूमध्ये ९ जना पुरूष र ९ जना महिला रहेको जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। तीमध्ये चारजना विदेशबाट आएका छन्।
बाँकी स्थानीय तथा जिल्ला बाहिरबाट आएकाहरू रहेको प्रमुख डा. गेलालले बताए।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। लकडाउन पनि एकदमै खुकुलो भइसकेको छ।
काठमाडौं
काठमाडौं जिल्लामा हालसम्म १५३ जना कोरोना संक्रमित देखिएका छन्। जसमध्ये पछिल्ला एक सातामा मात्र ४७ जना नयाँ संक्रमित देखिएका छन्। ५६ जना उपचाररत छन्।
उनीहरूमध्ये धेरैजसो काठमाडौं बाहिरबाट आएकाहरू रहेको जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल पर्सन पार्वती विष्टले जानकारी दिइन्।
अब कोरोनाबाट डराउनै छाडे
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।
लकडाउन पनि एकदमै खुकुलो भइसकेको छ।
अर्को अर्थमा भन्नुुपर्दा शैक्षिक संस्था र सार्वजनिक यातायातमा मात्र लकडाउन जारी छ।
बाँकी क्षेत्रमा भने न भौतिक दूरी कायम गरिएको छ। न त स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको छ।
कोरोना संक्रमतिको संख्या बढ्दै गइरहँदा मानिसहरू अब भने डराउनै छाडेको ललितपुरका जनस्वास्थ्य प्रमुख डा. गेलालको भनाइ छ।
दुई/चारजनामा कोरोना पुष्टि हुँदा मानिसहरू खुबै त्रसित बनेका थिए”, प्रमुख डा. गेलालले भने, “अब त कोरोनाको कसैलाई पनि प्रवाह छैन।”
भौतिक दूरी कायम नगर्ने, मास्क मुखमा भन्दा पनि हातमा झुण्ड्याउने जस्ता कार्यले यसको जोखिम बढिरहेको उनको भनाइ छ। निजी सवारी खुलेसँगै धेरै जनासँगै बस्ने, अनावयश्यक भीडभाड बढाउने जस्ता कार्यले कोरोना संक्रमणलाई बढी टेवा पुगिरहेको उनको भनाइ छ।
कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहँदा समुदायमा जाने खतरा बढेको छ।
बाहिरबाट आउनेहरू १४ दिन सेल्फ क्वारेन्टाइनमा नबस्दा पनि संक्रमणको जोखिम बढिरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले बताए। “पास बनाएर आएकाहरूलाई स्थानीय तहको प्रत्यक्ष निगरानीमा हुन्छन्। तर, लुकीछिपी आएकाहरू भने न घरबेटीले भनेको मान्छन्, न त आफैं जान्छन्”, प्रमुख मिजारले भने।
संक्रमण समुदायमा जाने खतरा
कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गइरहँदा समुदायमा जाने खतरा बढेको छ। अहिले संक्रमितको संख्या मध्ये ६ प्रतिशत ट्राभल हिस्ट्री नभएकाहरू रहेको स्वास्थ्य तथा जनस्वाथ्य मन्त्रालयले जनाएको छ।
लकडाउन खुकुलो, आवतजावत सहज, स्वास्थ्य सावधानी नअपनाउने जस्ता कारणले यस्तो खतरा बढेको जनस्वास्थ्यविद् डा. राजकुमार महतोको भनाइ छ।
काठमाडौंमा त्यसरी समुदायमा संक्रमण बढेमा कोरोनाले भयावह अवस्था निम्त्याउने भन्दै डा. महतोले भने, “मानिसहरूले आफ्ना आनीबानीमा सुधार ल्याएर सतर्क हुनुपर्ने अवस्था छ। लकडाउनको बेला जसरी नै हामीले सतर्क भयौं भने केही समयमा महामारी सहज हुन सक्छ।”
" /> काठमाडौं। १८ असारमै काठमाडौंका तीन जिल्लामा ३२ जना कोरोना संक्रमित देखिए।काठमाडौं जिल्लाका १७ महिला र ११ पुरूष गरी २८ जना, भक्तपुर र ललितपुर जिल्लाका २/२ जना कोरोना संक्रमित देखिएका हुन्।

">