पाकिस्तानको पञ्जाबमा रेल र बस ठोक्किँदा २२ जनाको मृत्यु
काठमाडौं। पाकिस्तानको पञ्जाबमा रेल र बस एकआपसमा ठोक्किँदा २२ जना शिख धर्मावलम्बीहरूको मृत्यु भएको छ।

दुर्घटनामा कैयौं घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

पञ्जाब प्रान्तको शिखुपुरमा उक्त दुर्घटना भएको थियो। तीर्थ यात्रीहरू बोकेको बसलाई रेलले ठक्कर दिँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा घाइते हुने तीर्थयात्रीहरू पेशावरका भएको समाचारमा उल्लेख छ।

घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्