स्थानीय समयानुसार बिहान ८ बजे भिषण पहिरो आएको थियो। पहिरो आएको समयमा सो खानीमा ठूलो संख्यामा कामदारहरूले काम गरिरहेका थिए। सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको कार्य जारी नै रहेको बताएको छ।
उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन्। घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ। पहिरोमा परेर हराइरहेका व्यक्तिको संख्या खुलाइएको छैन।
केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ। वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ। त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
जेडको प्रमुख स्रोत मानिने म्यानमारमा बहुमूल्य रत्न ’जेड’ खोज्न गएका बेला बर्षेनी दर्जनौको मृत्यु हुने गरेको छ। अधिकारीहरूले सन् २०१६ को नोभेम्बरमा पनि उक्त क्षेत्रमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन्।
म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।
रासस
" /> काठमाडौं। म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान पहिरोमा परी मृत्यु भएकाको संख्या १६२ पुगेको छ। म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरु पहिरोमा पुरिएका हुन्।स्थानीय समयानुसार बिहान ८ बजे भिषण पहिरो आएको थियो। पहिरो आएको समयमा सो खानीमा ठूलो संख्यामा कामदारहरूले काम गरिरहेका थिए। सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको कार्य जारी नै रहेको बताएको छ।

">