संसारमा कोरोना तीव्र गतिमा फैलन सुरू हुँदै गर्दा (६ महिना अगाडि) उत्तर कोरियाले आफ्नो सीमा बन्द गरेको थियो। सोही बखत उक्त मुलुकले हजारौं नागरिकलाई आइसोलेसनमा राखेको थियो।
अब त्यहाँ एक जना पनि कोरोना सङ्क्रमित बाँकी नभएको दाबी गरिएको छ। तर कतिपय विश्लेषकले उत्तर कोरियाको यो दाबी पत्याएका छैनन्।
बिहीबार सम्पन्न पोलिटब्युरो बैठकमा किमले उत्तर कोरियाले महामारीविरुद्ध लागू गरेको कार्ययोजनाबारे सविस्तार जानकारी समेत लिएका थिए। उनले बिना ढिलासुस्ती कार्ययोजना लागू गरिएको बताए। छिमेकी देशमा कोरोना अझै सक्रिय रहेको पनि उनको भनाइ थियो।
जनवरीको अन्त्यदेखि नै त्यहाँ कोरोना सङ्क्रमण फैलन नदिन आवश्यक कदम चालिएको थियो। देशको सीमा सिल गर्नुका साथै प्योङयाङमा रहेका सयौं विदेशी नागरिकलाई क्वारेन्टिनमा राखिएको थियो। सोही समयदेखि नै विद्यालयहरु बन्द गरिएको थियो।
अहिले त्यहाँ विद्यालय खोलिएको छ। तर मानिसहरु जम्मा हुन दिइएको छैन। सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँ ९२२ जनाको परीक्षण गरिएको र सबैमा नेगेटिभ नतिजा आएको थियो।
उत्तर कोरियाको सीमा चीनसँग लामो दूरी जोडिएको छ। चीन कोरोनाको उद्गम देश मानिएको छ।
(बीबीसी)