काठमाडाैं। बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन्।

जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो तीन महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ।

प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ।

त्यसमध्ये ४४ जना महिला पीडित छन्। आठजना पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन्।

ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्दा प्रक्रियामा गएका छैनन्। जिल्लामा एकजना महिलाले मात्रै घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेकी छन् भने यो अवधिमा सातवटा जबर्जस्ती करणीका घटना भएका छन्। त्यसमा पाँच बालिका र दुई महिला पीडित छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेको इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताइन्।

“प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्”, उनले भनिन्, “तर मुद्दा प्रक्रियामा जाँदैनन्। छलफल र मेलमिलापमा जाने गरेका छन्।”

यस अवधपमा दुई बालक, दुई बालिका र तीन महिला गरी सातजना हराएका छन्। तीन बालक, एक बालिका र एक महिला गरी पाँच जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ।

एक बालक र दुईजना महिला गरी तीनजनाले आत्महत्या गरेका छन्। कर्तव्य ज्यानसम्बन्धी तीनवटा घटना दर्ता भएका छन्।

बन्दाबन्दीको अवस्थामा देवानी प्रकृतिको मुद्दा लिइएन। अदालत पूर्णरूपमा बन्द भएकाले सरकारवादी अर्थात फौजदारी मुद्दामा पनि खासै ध्यान दिइएन।

यसले पीडित झनै पीडामा परेको अधिवक्ता वसन्त गौतमले बताए। उनले भने, “सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ।” रासस

" /> काठमाडाैं। बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन्।

"> लकडाउनका बेला बाँकेमा बढ्याे महिला हिंसा: Dekhapadhi
लकडाउनका बेला बाँकेमा बढ्याे महिला हिंसा

प्रतिक्रिया दिनुहोस्