आश्रमकी आनीलाई बलात्कार गरेको अभियोग लागेका उनीविरूद्ध हिजो (१८ असार) सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले देखापढीलाई जानकारी दिए।
उनका अनुसार बम्जनविरूद्ध १४ देखि १६ वर्ष उमेरको बालिकालाई बलात्कार गरेको कसुरमा हुने १२ देखि १४ वर्षसम्मको कैद सजायअन्तर्गत अधिकतम १४ वर्ष कैद सजाय मागेर मुद्दा दायर गरिएको हो।
त्यस्तै पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने व्यवस्था भएकाले क्षतिपूर्तिसमेतको मागदाबी गरिएको छ।
बम्जनविरूद्ध धम्क्याएर पटक-पटक आश्रममा काम गर्ने १५ वर्षीया आनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो। अदालतले पक्राउ पुर्जी दिएपछि सिन्धुलीस्थित उनको आश्रममा पटक-पटक प्रहरीले छापामा मारेको थियो।
सरकारी वकिल कार्यालयले बम्जनसहित उनका अन्य दुईजना सहयोगीलाई पनि प्रतिवादी बनाएको छ। गौतमका अनुसार ज्ञानबहादुर बम्जन र जेबी भनिने जितबहादुर तामाङलाई मतियार बनाएर मुद्दा दायर गरिएको हो। उनीहरूले कसुरदारलाई भगाउने र घटना लुकाउने काममा सहयोग गरेको भन्दै मुद्दा चलाइएको छ।
उनीहरूलाई पनि आधा सजायको मागदाबी गरिएको छ। बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक प्रयास गरे पनि सफल हुन सकेको छैन। उनलाई पक्राउ गर्न नसकेपछि फरार देखाएर अदालतमा मुद्दा दायर भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सिआईबीको सहयोगमा बम्जनमाथि अनुसन्धान गरेको थियो। बम्जनविरूद्ध धम्क्याएर पटक-पटक आश्रममा काम गर्ने १५ वर्षीया आनीलाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो। अदालतले पक्राउ पुर्जी दिएपछि सिन्धुलीस्थित उनको आश्रममा पटक-पटक प्रहरीले छापामा मारेको थियो।
केही दिनअघि पनि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र त्यहाँको प्रहरी टोली मिलेर सर्च गरे पनि उनी फेला पर्न सकेका थिएनन्। मुद्दाको हद म्याद सकिने समय हुन थालेपछि फरार प्रतिवादीकै रूपमा देखाएर उनीविरूद्ध मुद्दा दर्ता गरिएको हो।
" /> काठमाडौं। लिटिल बुद्धका नामले चिनिँदै आएका तपस्वी रामबहादुर बम्जन अर्थात् रामलाल बम्जनविरूद्ध बलात्कार अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले मुद्दा दर्ता गरेको छ।आश्रमकी आनीलाई बलात्कार गरेको अभियोग लागेका उनीविरूद्ध हिजो (१८ असार) सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले देखापढीलाई जानकारी दिए।

">