काठमाडौं। भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरूले आक्रमण गर्दा एकजना डीएसपीसहित आठजना प्रहरीको ज्यान गएको छ।
आज बिहान सबेरै उक्त घटना भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ। लामो समयदेखि अपराधमा संलग्न रही आएका भनिएका विकास दुवे नाम गरेका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही व्यक्ति रहेको भन्ने आशंकामा प्रहरीले आज बिहान उनको घर घेरा हालेको थियो।
तर, सोही क्रममा घरभित्र रहेको आशंका गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए। गोली लागेर प्रहरीका डीएसपी देवेन्द्र मिश्रसहित आठजना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ।
आज बिहानै सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो संख्याको प्रहरी घटनास्थलमा परिचालन गरिएको छ।
उनीहरूले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
उनले घटनाको गहिरो अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न उत्तर प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
" /> काठमाडौं। भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरूले आक्रमण गर्दा एकजना डीएसपीसहित आठजना प्रहरीको ज्यान गएको छ।आज बिहान सबेरै उक्त घटना भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ। लामो समयदेखि अपराधमा संलग्न रही आएका भनिएका विकास दुवे नाम गरेका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही व्यक्ति रहेको भन्ने आशंकामा प्रहरीले आज बिहान उनको घर घेरा हालेको थियो।

">