बागलुङ। गलकोट नगरपालिकाले प्रदान गर्ने ‘घुम्टे पत्रकारिता पुरस्कार-२०७७’ बाट पत्रकार थम्मन थापा र उत्कृष्ट पत्रकारतर्फ सरिता खत्री पुरस्कृत भएका छन्।
सातौँ नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र सम्मानपत्र गरे।
सो पत्रकारिता पुरस्कारको राशी २० हजार रूपैयाँ छ। यस्तै वर्षको उत्कृष्ट पत्रकारमा छनोट भएकी खत्रीलाई नगद चार हजारसहित सम्मानित गरिएको छ।
पत्रकारको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले तीन वर्षअघि सो पुरस्कार स्थापना गरेको थियो। गलकोट पत्रकार समाजका संस्थापक अध्यक्षसमेत थापा गलकोटमै रहेर पत्रकारितामा क्रियाशील छन्।
त्यस्तै पुरस्कृत खत्री सामुदायिक रेडियो गलकोट एफएमकी कार्यक्रम संयोजक हुन्। रासस
" /> बागलुङ। गलकोट नगरपालिकाले प्रदान गर्ने ‘घुम्टे पत्रकारिता पुरस्कार-२०७७’ बाट पत्रकार थम्मन थापा र उत्कृष्ट पत्रकारतर्फ सरिता खत्री पुरस्कृत भएका छन्।सातौँ नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र सम्मानपत्र गरे।

">