कैलाली। कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार पुनर्वास नगरपालिका-७ का लोकेन्द्रसिंह ठगुन्नाको मृत्यु भएको हो। ठगुन्नाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादुर थापाले जानकारी दिए।
घटनापछि आक्रोसित स्थानीयवासीले दुई वटा ट्याङ्करमा आगजनी गरेका छन्। आगजनीबाट ट्यांकर पूर्ण रूपमा नष्ट भएको
छ ।